Powered by Blogger.

Friday, May 11, 2012

मुक्तक
बन्द गर्ने नेपालीको बानी भैराछ
त्यसैले त बेरोजगारको खानी भैराछ

नेताहरु कुर्सिकै निम्ती जाल रच्छन 
जनाजान जनतालाई हानी  भैराछ   
 
कृष्ण पुन आलोक
तङ्राम नौ फापरखेत बाग्लुङ
(हाल्-उदाउदो तारा साहित्य समाज पेनाङ मलेशिया) 

Thursday, May 3, 2012

मुक्तक

बिगारे देशको हाल नेताले
बेच्ने भए नेपाल नेताले


सुस्ता सगरमाथा मेची र काली
तराइ अनि पहाड हिमाल नेताले


कृष्ण पुन आलोक
तंग्राम नौ फापरखेत बाग्लुङ
(हाल्-उदाउदो तारा साहित्य समाज पेनाङ मलेशिया)

Wednesday, May 2, 2012

आलेख

बाध्यता भनु या परिस्थिती वा पारिवारिक स्थिती अथवा आर्थिक स्थिती जे भने पनि स्वदेसमा रोजगारको अबसर नहुँदा आज बिदेसिएका छन लाखौं नेपाली दाजुभाई तथा दिदिबहिनीहरु।अबसरकै खोजी गर्दै मलेशिया र खाडी देशहरुमा सिमित तलबमा आफ्नैमा पैसामा बेचिएर श्रम बेच्न वाध्य छन। लाखौं पैसा बिभिन्न म्यानपावरमा बुझाएर बिदेसमा दलालिको हातमा फसेका पनि छन। बिदेशमा धेरै अस्वस्थकर आहार बिहारले गर्दा बिरामी भाई कामै गर्न नसक्ने भाका छन भने कोही मेडिकल फेल भै नेपाल फर्केका पनि छन कैयौ उदाहरणहरु।कैयौले काम गर्दैमा मेशिनले काटिएर अङ्गभङ्ग भएका पनि छन। कोही असुरक्षित आहार बिहार अनि सुत्ने खानेको समय नमिलेर शरीर भित्रभित्रै कमजोर भै रोगले गाल्दै गाको थाहा हुँदैन मान्छे बेलुकी काम गरेर आएको मान्छे बिहान दुती जन उठाउदा सधैंको लागि सुतेकोसुत्यै हुन्छन अनि कथाको बाकसमा घर फिर्ता भएका पनि छन। त कोही भने मोजमस्तिमा आफ्नो घरपरिवार भुलेर दसौ बर्ष बिदेशमै हराएकाहरु पनि छन। कति चोर डाँकाहरुको कुटाईमा घाइते पनि भाका छन अनि बेपत्त पनि कसैलाई त मारेर ढलमा पनि फालिदिएका छन। त कोही भने भने अनुसारको तलब नपाउने साहूको गाली सहनुपर्ने उस्तै परे पिटाई पनि खानुपर्ने स्थिती भोग्नुपरेकोछ। भने कति नेपाली दाजुभाईहरु क्षणिक आनन्दको लागि दुइदिने बिदेशी मायालुहरुसँग ओसन पार्कमा आफ्नो पारीश्रमको लगानी त्यताइ लगाइराखेका छन। आफ्नो घर परिवार भुलेर क्षणिक आनन्दमा रमाई राखेकाछन। आफ्नो उद्धेक्ष्य भुलेका छन घरबाट आउँदा गरेका बाचा टोढेकाछन। घर परिवार छोडेर प्रदेसिनु अनि यसरी बिग्रिनु राम्रो हो त?कोही त घरमा छोराछोरीको विवाह गरिदिने बेला भएको मान्छे यहाँ केटी लिएर हिद्छन। के यसरी हाम्रो जिन्दगी सुखमाया होल त? भाबी शान्तातिमा यस्तो बातावरणले कस्तो असार पर्ला यो कुर सबैले सोच्नै पर्ने बेला आएकोछ अनि फेरी प्रदेशमा धेरैलाई यस्तो वाध्यता पनि छ कि घरबाट बल्ल बल्ल गरेर साहूको ऋण गरेर आयो आफ्नै पैसामा बेचिएर तलब भने अनुसार हुँदैन खाना खाएर अलिकती बचाउन पनि मुश्किल हुन्छ बल्ल तल्ल १ बर्षमा साहूको ऋण तिर्नै लाग्छ अनि ३ बर्षको करारमा आउछन अनि बकिओ रह्यो २ बर्ष यसमा पनि १ बर्ष घर खर्च सामाजिक लेन्देन भन्दैमा एता उतिमै सकिन्छ अनि ३ बर्षको कमाईले घर फर्कनु पर्‍यो आफुले चहेको केही कपडा अनि घरपरिवार आफन्तजन साथीभाइलाई केही कोसेली त लैदिनु पर्ने न त ३ बर्ष बसेर पैसा कमाएर पनि यसो केही दिएन भन्ने हुने यस्तै गर्दैमा ३ बर्षको समय यत्तिकैमा बित्छ अनि घर गयो २ ४ महिन लाहुरे अनि फेरी ऋण गर्‍यो बिदेसमै यसरीनै गर्दै जड ४० बर्षको उमेर कतेपछी बल स्किदै जान्छ अनि काम गर्न पनि गह्रो हुन्छ अनि फेरी छोराको पनि त्यही गती हुन्छ। हाम्रो नेपालीको यसरी कतिन्जेल हो?यसरी कस्को सपना पुरा होला?के यो बारेमा हाम्रो देश चलाऊने नेताहरु सोचेका होलान?

Tuesday, May 1, 2012

about blog developer

म नबराज बुढा 'नबिन उदासी' हुँ, हाल म पाहाङमा छु। वेव,ग्राफिक्स, पत्रकारिता र साहित्य मेरा सबै रुचिका बिषयहरु हुन। अलि अलि आख्यानमा गीत, गजल, मुक्तक, हाइकु आदी यी साहित्यिक बिधारुमा कलम चलाउँछु। साहित्य सृजना अलावा मेरा अनुभूति बिम्ब सबै भोगाई र दैनिकीका तिता मिठा घटनाहरु पनि वेब पेजमा र ब्लगमा, समाजिक संजाल फेसबुक, ट्वीटर, मेरो पोस्टमा पनी शेयर गर्ने गर्छु। नियमित छैन, कहिले महिनौं त्यत्तिकै हुन्छ, जाँगर चलेको बेला एकै दिन वाक्क लाग्ने गरी पनि टाँसीदिन्छु।